नेपालको Japanese Encephalitis (JE )खोप सफल कार्यन्वयन परीक्षणको दुई दशक लामो अनुभवबाट COVID 19 खोपको कार्यन्वयनमा समेत अनुसरण गर्ने कि ?

  - डा. जयबहादुर टन्डन

आजभन्दा करीब 20 बर्ष अगाडी (1999 July ) चीनमा उत्पादित चिनमा मात्र प्रयोगमा (१९८८-१९९८) आएको JE को Live Attenunated SA—14-14-2 Vaccine चिन पछि  नेपाल सफल कार्यन्वयन परीक्षण गर्ने पहिलो देश हो । आजसम्म नेपालमा यति ठुलो मात्रामा कुनैपनि खोपको परीक्षण प्रयोगमा आएको इतिहास छैन ।

नेपाल सरकार स्वस्थ्य मन्त्रालयले यो खोप १९९९ मा बाँके बर्दिया र कैलालीमा गरि  १ लाख  ५० हजार भन्दा धेरै १-१५ बर्षका बच्चाहरुलाई दिईयको थियो ।

हाल COVID 19 को खोपको सम्बन्धमा  संसारका धेरै जसो देशले  आपतकालीन प्रयोगको लागि स्वीकृति दियको समाचारहरु आई रहेकाछन नेपालले पनि अध्यादेश बाट यसप्रकारको खोप आपतकालीन प्रयोग गर्ने बाटो खोलि जनमानसमा लगाउने कार्ययोजना बनाउदै गरेको देखिन्छ ।

बिगतमा JE खोपको क्लिनिकल परीक्षण हुँदा र हाल COVID19 खोपहरु नेपालमा प्रयोगमा ल्याउदा केहि पक्ष मिल्दाजुल्दा देखियकोले COVID19 खोपमा पनि व्भ् खोपको सफल कार्यन्वयनको नेपालको पुर्बअनुभबलाई समेत मध्येनजर गर्नु पर्ने देखिन्छ । JE खोपको सफल कार्यन्वयन तथा प्रभावकारिता मुल्यांकनले गर्दा JE महामारीको नियन्त्रण तथा रोकथाम गर्न जनस्वास्थ्यको ईतिहासमा नेपाल कोसेढुंगा साबित भएको छ ।

COVID19 को Mass Vaccination प्रयोगमा ल्याउन स्विकृतिको Protocol भएको भन्ने समाचार माध्यमबाट जानकारी हुन अएकोले  बिगतको  JE Vaccination को कार्यन्वयनको अनुभब (Protocol) बाट सिकेका क्षेत्रमा समेत अध्यन/छलफल गर्दै COVID19 vaccine को अप्रिय असर प्रभाबकारीता सम्बन्धि अध्यन अनुसन्धानई समेत  समाबेस गर्न सके यस्तो अध्यनको प्रतिफलको आधारमा नेपालमा भबिष्यमा COVID19 को vaccination प्रभाबकारी बनाउन थप उपयोगी हुन सक्ने छ भन्ने बिगतको अनुभवले देखायको छ । अत यी बुदाहरु समाबेस गर्न सम्बन्धि निकायको ध्यान आकर्षण हुन समेत अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार