राजनैतिक विचार नमिल्ने कम्युनिस्टहरुसंग चुनावी तालमेल हुनसक्दैन – काँग्रेस सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी दिनमा कुनैपनि निर्वाचनमा नेपाली कांग्रेसले विचार नमिल्ने कम्युनिस्ट पार्टीहरु संग सहकार्य वा चुनावी तालमेल नगरिने बताउनु भएको छ।

संसदको प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए वा निर्वाचनमा जानुपर्ने जुन सुकै अवस्था आएपनि नेपाली कांग्रेस सरकारमा जाने वा चुनावी तालमेलमा जाने अवस्था हुँदैन भन्ने स्पस्ट पार्नु भएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहकार्य गरौँ भन्ने प्रस्तावमा सभापति देउवाले उक्त जवाफ दिनुभएको हो।

यसै सन्दर्भमा प्रचण्डको प्रस्तावका सन्दर्भमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि कांग्रेस नेताहरूसँग सामूहिक जिज्ञासा राखेका थिए ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार