ओली तानाशाह भए, प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ – नेकपा ‘प्रचण्ड-नेपाल’ समूह

काठमाडौँ, १४ पुस – दुई खेमामा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा खेमाले शक्ति प्रदर्शन गरेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिले सत्तारुढ दुई खेमामा विभाजन भएको छ । ओली इतरसमूह सडक संघर्षमै उत्रिएको छ ।

आज नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दबाब दिन काठमाडौँसहित देशभर शक्ति प्रदर्शन गर्‍यो । काठमाडौँको प्रदर्शन नेकपाको प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शनकै रुपमा देखिएको थियो ।

हजारौ कार्यकर्ताको प्रदर्शनसहित काठमाडौँमा आयोजित सभामा नेकपाका शीर्ष नेताले कडा रुपमा ओली कदमको आलोचना गरे ।

ओलीको तानाशाही प्रवृत्ति अन्त्य गर्न र विघटित प्रतिनिधिसभालाई पुनर्स्थापना गर्न नेकपासहित अधिकांश राजनीतिक दल सडकमा उत्रिएको दाबी गर्दै नेकपाका शीर्ष नेताले प्रतिनिधिसभा पुनर्स्थापना गराइ छाड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सँगै नेताहरुले प्रधानमन्त्री ओलीको निरंकुश शैली अपनाएर अलोकतान्त्रिक बाटो अपनाएकाले ओलीको शासन अवधि सकिएको दाबी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले सबैलाई भ्रममा पारेको दाबी गरे । ओली प्रधानमन्त्री नरहने दाबी गर्दै प्रचण्डले भने, ‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ?’

चुनाव हुनेमा ओलीलाई नै विश्वस्त नभएको भन्दै प्रचण्डले धेरैले कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर दिवा सपना देखेको आरोप लगाए । आफूसँग बहुमत हुँदा हुँदै ओली गलत बाटोमा हिँडेको प्रचण्डको भनाइ थियो।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार