प्रधानमन्त्री ओलीको कटाक्ष – भेट्नो कुहिएर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने ?

काठमाडौँ, १८ पुष – प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टी गतिसाथ अघि बढेको दावी गरेका छन् । समस्या कहाँ नेर रहेछ, जाम कहाँ रहेछ, खिया कहाँ लागेको रहेछ भनेको त खिया लागेको दुईटा नटबोल्ट फुक्लिएको थियो पार्टी गतिसाथ अघि बढिरहेको छ ।’

काठमाडौंमा भएको आफ्नो समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने प्रचण्ड-माधवले पार्टी आधिकारिकता र चुनाव चिन्ह दावी गरेको कुराप्रति पनि आपत्ति जनाए ।

आफ्नै घरलाई आफैँ दावी गरिराख्नु नपर्ने भन्दै उनले नेकपाको आधिकारिकता आफूहरुसँग नै रहेको संकेत गरे । ओलीले भने, ‘भेट्नो कुहिएर झरेका फलले रुखै मै हुँ भनेर दावी गर्ने ? जसको कटेरो उसैको पुच्छर बाहिर भनेजस्तो !’

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न प्रचण्ड-माधव पक्षलाई चुनौती दिएका छन्।  उनले दुई अंकको सिट जितेर देखाउन चुनौती दिएका हुन। ‘कमसेकम दुईटा अंकसम्मको सिट ल्याएर देखाउनुस्, दुईटा अंक’, उनले भने।

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे ।‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि भेला पार्छ । उहाँहरुको हालत त्यही हो ।’

ओलीले आफूहरु देशको लागि लडेको तर उनीहरु छोराछोरीका लागि लडेको बताए ।“हामी छोरा-छोरी, भाइ-बहिनीका लागि लडेका छैनौँ । हामी देशको भविष्यका लागि लडेका छौँ । कसको धन्दा कता, कसको कता, कसैको धन्दा खानतिर । अचम्म लाग्छ,” ओलीले भने, “दुईटा गुटको एउटा समीकरण पार्टी पार्टी रहेन । त्यो अवस्थामा उहाँहरुले पुर्‍याउनुभयो ।’

अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको समेत आरोप लगाए। ‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न दिनुभयो नै’ उनले भने।

ओलीले नेकपामा असली र नक्कलीको प्रसंग चलिरहेको प्रसंग कोट्याउँदै नेकपा ‘बरमजियाको पेडा पसल’ जस्तो नभएको बताए । ‘बरमजियाको पेडा पसल हो र असली र नक्कली भनेर भन्नलाई ?’ तर आफूहरुले अझै पनि प्रचण्डहरुलाई बैठकमा बोलाएको बताए।

ओलीले दाहाल-नेपाल पक्ष पुनः पार्टीमा फर्कने दाबी गरे । उनले अब फर्किएपछि उपद्रो मच्चाउन नदिने बताए । साथै उनले फर्किएकाहरुलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा नराखिने बताए । ‘अब उहाँहरूलाई थन्कोमा राखिन्छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार