आफूलाई ‘बैगुनी केटा’ भन्ने ओलीलाई योगेशको जवाफ- स्तर थाहा पाएँ खुशी लाग्यो

काठमाडौं, ४ माघ – नेकपा नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर थाहा पाउँदा खुशी लागेको बताएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् योगेशले आफूलाई ‘बैगुनी केटा’को संज्ञा दिने प्रधानमन्त्री ओलीलाई यस्तो जवाफ दिएका हुन् ।

‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।’ भट्टराईले लेखेका छन्, ‘केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

ओली पक्षको प्रदेश १ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले योगेशको नाम उच्चारण नगरी ‘बैगुनी केटा’को संज्ञा दिएका थिए ।

‘म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न। हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ। दौडीदौडीकन गएर भोट मागेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउँछु भनेँ, मन्त्री बनाएँ, गरियो गरियो, एक दिन त पुक्क लत्ता हानेर भाग्यो,’ ओलीले भनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार