भोली आईपुग्ने कोरोना खोप शुरुमा कसले लगाउन पाउँछ, स्वास्थ मन्त्रालयले छान्यो यस्ता मान्छे

काठमाडौं, ७ माघ – फागुनमा नेपाल आईपुग्ने भनिएको कोरोनाको खोप भोली बिहिबार नेपाल आईपुग्दै छ । विश्वका अरु देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरिएको एक डेढ महिनापछि बिहीबारबाट नेपालमा पनि खोप आउँने भएको टुंगो लागेको हो ।

भारतले १० अनुदानमा दिन लागेको १० लाख डोज खोप  बोली नेपाल आउने भएको हो । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजुदत विनयमोहन क्वात्राले नेपालमा खोप ल्याउन लागेको घोषणा गरेका हुन् ।

बिहीबारबाट आउँने खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलाई लगाउने जानकारी स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा.डा. जागेश्वर गौतमले दिए ।

‘पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापन गर्ने टिमलाई कोरोनाविरुद्धको खोप लगाउँछौं’ गौतमले  भने, ‘बुधबार घोषणा गरिएको १० लाख डोज दुई चार दिनभित्र आइपुग्छ । पुगेसम्म फ्रन्टलाइनमा काम गर्नेहरुलाई यो खोप लगाउँछौं । नपुगे किनेर लगाउने भन्ने छ ।’अब कोरोनाको त्रास बाट बिस्तारै मुक्त हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार