काँग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै

काठमाडौँ, ८ माघ – नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेपछि आन्दोलनरत काँग्रेसले आज देशभरका ६ हजार ७४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य गरेको उल्लेख गर्दै  देउवाले विरोध प्रदर्शनमा घरघरबाट सहभागीता जनाउन अपील गरेका हुन् ।

काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । बिहीबार प्रदर्शन गरेपछि कांग्रेसको संघीयदेखि स्थानीय तहसम्मको सबै क्षेत्र समेटिने छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ चलिरहँदा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सबै क्षेत्रमा आफ्नो सन्देश पुर्याउँदै छ ।

यसबाट कांग्रेसले लोकतन्त्रको जगेर्नाका लागि संवैधानिक बन्न आफ्नो भूमिका सबैलाई सुनाउने छ भने ‘वेटिङ गभर्मेन्ट’ का रुपमा रहेको पार्टी भएकाले चुनाव भइहाले पनि त्यसको सन्देश घरघरमा पुर्याउन सघाउ पुगेको छ । प्रदर्शनको नेतृत्व गर्न नेताहरू विभिन्न जिल्लामा पुगेका छन् ।

कांग्रेसले यसअघि पुस १३ गते १६५ प्रतिनिधि सभा क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा क्षेत्र र माघ ३ गते सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन गरेको थियो।

 

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार