आज काठमाडौँमा नेकपा (प्रचण्ड-माधव) पक्षको शक्ति प्रदर्शन, एक लाख बढी कार्यकर्ता उतार्ने दाबी

काठमाडौँ, ९ माघ  – प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा (प्रचण्ड-माधव) पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । प्रदर्शनमा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् ।

प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रबाट जुलुस निकालिने छ ।

सबैतिरका जुलुस रत्नपार्कमा जम्मा भएर मुल जुलुसमा परिणत हुनेछ । उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट एनएसी भोटाहिटी रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ ।

बिहान पौने ११ बजे आ–आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिइएको छ ।  आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरिएको छ । विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार