दाहाल-नेपाल नेकपा स्थायी कमिटी बैठक आज बस्दै, ओलीलाई कारबाहीको तयारी

काठमाडौँ, ११ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए ।

‘पार्टी गतिविधि विपरितको काम गरेकोले तपाइँलाई कारबाही किन नगर्ने ?’ भन्दै दाहाल-नेपाल समूहले तीन दिनको समयसीमा तोकेर ओलीलाई प्रष्टिकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि पार्टीबाटै निष्कासनको तयारी भएको स्रोतले जनाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठकले संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाए । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।  शनिबार बसेको सचिवालयको बैठकले स्थायी कमिटी बैठक बोलाएको हो ।

आज बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गरिने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाले निरन्तर जनपरिचालनलगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ । गत शुक्रबार पनि नेकपाले काठमाडौँमा बृहत शक्ति प्रदर्शन गरेको थियो ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार