वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई र मोडल जाङ्मु

काठमाडौं, ११ माघ  – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङमु शेर्पा वैवाहिक जिवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा भएकाे विवाह समाराेहबीच ४९ वर्षिय राई र २३ वर्षीया शेर्पा वैवाहिक जिवनमा बाँधिएका हुन् ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरी सकेकी छन् ।

विवाह समारोहमा सिमित व्यक्तिहरुको मात्र उपस्थिति थियो । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार