म्यानमारका राष्ट्रपति र नेतृ सुकी सेनाको नियन्त्रणमा

काठमाडौँ, १९ माघ – म्यानमारको सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ परेकी छन् । पार्टी प्रवक्ता म्यो न्यूनका अनुसार सूकीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरू पनि पक्राउ परेका छन् । सोमबार बिहानै उनीहरुलाई निवासबाट नियन्त्रणमा लिइएको हो।

बीबीसीका अनुसार म्यान्मामा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनाव बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ। सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार