प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस भ्रातृ संस्थाद्वारा देशभर विरोध प्रदर्शन

काठमाडौँ, १९  माघ – नेपाली कांग्रेसका भ्रातृ संस्थाले  प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकत्रान्त्रिक भएको भन्दै ७७ वटै जिल्लामा प्रदर्शन गरेका हुन् ।

संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

यसैक्रममा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले काठमाडौंमा संयुक्त प्रदर्शन गरेको थियो । काठमाडौंको रत्नपार्कमा भएको सभामा कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सडकबाट प्ररास्त गर्नुपर्ने बताए ।

उनले संसद पुनर्स्थापना हुने भन्दै ओलीले बालुवाटार छाड्ने बेला आएको धारणा राखे । पार्टीको झगडा नमिलाएर ओलीले संसद भंग गरेर जनताको म्यान्डेडलाई अपमान गरेको उनले बताए । अब माघ ३० गते जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार