सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा ओमानबाट पनि

काठमाडौं, १९ माघ – सिटी एक्सप्रेस मनि ट्रान्सफरले ओमानबाट पनि आफ्नो सेवा संचालन गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोडर्न एक्सचेन्ज कम्पनी लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरु भएको छ ।

ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने सिटी एक्सप्रेसले जानकारी दिएको छ ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १० हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने पनि सिटी एक्सप्रेसले जानकारी दिएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोडर्न एक्सचेन्जकाका तर्फबाट प्रबन्ध निर्देशक होर्मुज्दा बी डभारले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनैपनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार