श्वेता खड्काकी बहिनी र पत्रकार उत्सवविरुद्ध सुष्मा कार्कीको उजुरी

काठमाडौं -आफूमाथि गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले अर्की अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र चलचित्र पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सोमबार राति दरबारमार्गमा रहेको लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।

आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी परेको प्रहरी वृत्त दरबारमार्गले पुष्टि गरेको छ । आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको भन्दै सुष्माले उजुरी दिएकी हुन् । उनले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएकी छन् । प्रहरी दुवै पक्षलाई बोलाएर छलफल गराउने तयारीमा रहेको बुझिएको छ ।सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी मनाउन लण्डन पबमा श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुगेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् । उनले श्वेता खड्काले पनि आफूलाई गाली गलौज गरेको बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार