अस्ट्रेलियामा नेपाली विद्यार्थी रविन आचार्यको ट्रेनमा मृत्यु

सिड्नी – अस्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीको ट्रेनमा बेहोस भएपछि मृ त्यु भएको छ। विराटनगरका बासिन्दा रविन आचार्यको बुधबार मृत्यु भएको उनका मामा दिक्षित गुरागाईले बताएका छन्।

सिड्नीमा अध्यनरत उनी ट्रेनमा एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। तर उनलाई त्यहाँ मृत घोषणा गरिएको गुरागाईको भनाइ छ। उनी भन्छन्, ‘भान्जा रविनसँग १५ मिनेट अगाडि मात्र कुराकानी भएको थियो। उनको मृ त्युको खबरले हामी दुःखी बनेका छौं।’

रविनले प्लस टु विराटनगरको अर्चिड कलेजबाट पास गरेका थिए। हाल उनी सिड्नीको एब्बी कलेजमा अध्ययनरत थिए। रविनका भाई सविन आचार्य हाल सिड्नी मै छन्। हाल रविनको पार्थिव शरीरलाई नेपाल ल्याउने प्रयास भइरहेको छ।

पछिल्लो समय अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि अध्ययनको आकर्षक केन्द्र बनेको छ। तर बेलाबखत त्यहाँ विभिन्न घटनामा परेर नेपाली विद्यार्थीहरुको मृ त्युको भएका खबरहरु आउने गरेका छन्। गत जनवरी महिनामा मात्र अस्ट्रेलियामा दुई नेपालीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार