कांग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा देशभर विरोध प्रदर्शन, काठमाडौंमा टुँडिखेल घेराउ

काठमाडौँ,  २४ माघ- प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर विरोध प्रदर्शन गरेका छन्। नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाले प्रतिनिधिसभा विघटनको विरुद्धमा टुँडिखेल घेराउ गरेका छन्।

कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले काठमाडौँ उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका हुन्।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, प्रजातान्त्रिक प्राध्यापक संघलगायतका कांग्रेसका शुभेच्छुक संस्थाले संयुक्त रुपमा आज विरोध प्रदर्शन गरेका हुन् । शनिबार काठमाडौंका सुन्धारा, भद्रकाली, टुँडिखेल क्षेत्रमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा पुनर्बहाली गर’, ‘बेरोजगार बिमा लागु गर’, ‘सर्वसत्तावाद मूर्दावाद’, ‘सबै श्रमिकहरुको स्थानीय तहमा पञ्जीकरण गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसअघि कांग्रेसका भातृसङ्गठनहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि कांग्रेसले देशभर विरोधमा निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार