भागरथी हत्या परिचितबाटै हत्याको आशंका, मोबाइल फेला पर्‍यो

बैतडी, २५  माघ – भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपधारीको नजिक पुगिसकेको उनीहरुको भनाइ छ ।

घटना बुधबार अपरान्ह ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीइ अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रुपमा परिचालन गरिएको छ ।

सीआईबीबाट निर्मला पन्तको बलात्कार र हत्या प्ररकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ ।

भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न टोली खटिएको छ । प्रहरीले केही युवामाथि शंका गरेको छ । भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ ।

खोधपुछको दायरामा नआएका तर शंकामा परेकामािथ सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई केही कल आएको थियो तर उनले रिसिभ वा कलब्याक गरेकी थिइनन् ।

विद्यालयबाट निस्कँदा चार जना सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरुबाट छुटेर हिँडेकी थिइन् । –  कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार