“सुन्दर गाउँ पकान जाँउ, आलुका स्वादिष्ट परिकार खाँउ”

  ✍️ प्रकाश अर्याल

भिरकोट, स्याङ्जा – प्रथम भिरकोट आलु महोत्सव २०७७को तयारी पूरा भएको छ। यहि मिति २०७७/११/७ र ८ गते हुने भनिएको आलु महोत्सवको तयारी पूरा भएको आयोजकले आज एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
कार्यक्रममा बोल्नु हुँदै अतिथि तथा वडा अध्यक्ष श्री याम प्रसाद अधिकारिले सबै पत्रकारहरुलाइ स्वागत गर्दै यस प्रथम भिरकोट आलु महोत्सवमा विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरु,  विभिन्न स्टलहरु, आलु तथा ताजा तरकारीहरुको प्रदर्शनी, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम,  चर्चित हाँस्य कलाकारहरुका प्रस्तुति, विभिन्न कृषि यन्त्रहरुको प्रदशर्नी हुने र धेरै भन्दा धेरै पर्यटकहरुको उपस्थिती हुने जानकारी गराउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी श्री छायाराम खनालले  समग्र भिरकोट बासिहरुको हौसला बढने र  आलु उत्पादन हुने क्षेत्रका नाममा आफ्नो पहिचान बनाउनको लागि पहल गर्ने र कृषिबालीको उत्थान गर्नको लागि नगरपालिका हरदम तत्पर रहेको जानकारी गराउनु यभयो ।
प्रथम भिरकोट आलु महोत्सवको सम्पुर्ण तयारी पूरा भएको र यो महोत्सव सभ्य र भब्य रुपमा सम्पन्न गराउनको लागि आयोजक लागि पर्ने देबि तिवारी (अध्यक्षले)बताउनु भयो  भने कार्यक्रमको संचालन अमृत अर्यालले गर्नु भएको थियोे । कार्यक्रममा स्थानिय पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार