सडकमा हुलका हुल मान्छे ल्याएर जनतालाइ दुख नदिने – सभापति देउवा

पोखरा – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनका लागि सडकमा हुलका हुल मान्छे ल्याएर जे नतालाइ दुख नदिने बताएका छन् । बिहीबार पोखरामा आयोजित नेपाल मगर सङ्घको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले संसद् पुनर्स्थापना हुनै पर्छ भनेर काँग्रेसले आन्दोलन गरी जनतालाइ दुख नदिने बताए ।

‘सडकमा आन्दोलन गर्नका लागि हुलका हुल मान्छे काँग्रेसले ल्याउदैन,  काँग्रेस सभापति देउवाले सम्मेलनलाई सम्बोधन गर्दै भने । उनले संसद् विघटनपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै अदालतले गर्ने निर्णय काँग्रेसलाई मान्य हुनेसमेत बताए ।

‘अदालतले पुनर्स्थापना भन्यो भने स्वीकार गर्छौँ, चुनाव भन्यो भने पनि स्वीकार गछौं, हामी जुलुस निकालेर दबाब दिएर यसो गर भन्दैनौँ,‘ देउवाले थपे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार