किन जादैछन बाबुराम भट्टराई नयाँ दिल्ली ?

काठमाडौँ, ९ फागुन – संसद बिघटन पछि देशमा भएको राजनीतिक गर्मागर्मिका बीच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज आइतबार नयाँ दिल्ली जादैछन ।

नेपाल वायुसेवाको जहाजबाट दिल्ली जान लागेका भट्टराई बिषयमा राजनीतिक वृतमा अनेक चर्चा परिचर्चा भएपनि उनि नितान्त उपचारकालागी जान लागेको बताइएको छ ।

भट्टराई निकटले दिएको जानकारी अनुसार उनको पेटमा लामो समयदेखि समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गर्दै आएका थिए ।

चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरेकाले उनीहरुकै सिफारिसमा दिल्ली जान लागेको समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।

दिल्लीमा इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनकाे उपचार हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनी त्यहाँस्थित नेपालको दूतावासमा बस्ने जनाइएकाे छ । उनीसँगै पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे जाने भएका छन् ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार