नेकपा दाहाल-नेपाल समूहबीच ५० प्रतिशतको रेसियोमा भागबण्डा

काठमाडौं, ९ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले स‌सद बिघटन  गरेपछि दुइभागमा चिरापरेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ ।

प्रचण्ड–माधव पक्षका शीर्ष नेतावीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हालै हस्ताक्षर गरेका छन् ।

जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ ।  प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।

२०७५ साल जेठ ३ गते पूर्व एमाले र पूर्व माओवादीबिच एकता हुँदा पूर्व एमाले समूहले ६० प्रतिशत र पूर्व माओवादी समूहले ५० प्रतिशत पाउने सहमतिकै आधारमा पार्टी एकता भएको थियो। तर अहिले माधव नेपालसहितको टिम र प्रचण्डको टिमकाबिच एकता प्रक्रिया अघि बढाउने क्रममा भने पुरानो एकता प्रक्रियालाई खण्डित गर्दै बराबरीको शक्ति बाँडफाँड गरेका छन्।

त्यस्तै सामान्यता पार्टी कमिटीहरू तथा जन वर्गीय सङ्गठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुन सदस्य सङ्ख्यामा ५०-५० प्रतिशत हुने गरी गर्ने, विशेष परिस्थितिमा विशेष  व्यवस्था गर्न सकिनेछ। सो मापदण्ड अनुसार  पार्टी कमिटी तथा जन वर्गीय सङ्गठनका रिक्त स्थान पूर्ति गर्दा साबिक घटकको कमिटी र जनसङ्गठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने।

बरीयतामा ध्यान दिँदा साबिक घटनको सम्बन्धित कमिटी वा सङ्गठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुसरण गर्ने। विशिष्ट स्थितिमा कमिटी वा सङ्गठनमा नरहेको भए पनि विगतमा पार्टी कमिटी वा सङ्गठनमा काम गरेका वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने व्यवस्था गरिएको छ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार