मेरा केही भाइहरुले जित्यौं भनेर लड्डु खुवाई-खुवाई गरे रे, के जिते मलाई थाहा छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १३  फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले  भन्नुभयो ‘मैले प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाईहरुले लड्डु खुवाईखुवाई गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौं भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन अब हेर्नुछ ।’

सर्वोच्चको फैसलापछि बुधबार दिउँसो पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रुपमा लिएको बताउनुभयो ।

उहाँले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरु भनि टिप्पणी गर्नुभएको छ । पुष्कपमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता मान्छेहरुलाई सानोसानो विषयले ठूलै असर गर्ने भएकोले हिजो चितवनमा ‘मुह मिठा’ गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्ने समेत बताउनुभयो । तर आफूलाई त्यता तर्फ कुनै चिन्ता नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ की जस्तो लाग्छ ।

राजीनामा देउ राजीनामा देउ भनेर । यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्नसक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जीन्दगीको कुनै ठेगान छैन । जवसम्म बाँचिन्छ तवसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुनसक्छ न इमान्दार हुनसक्छ ।’  प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दावी समेत गर्नुभयो ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार