नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने

काठमाडौँ, १३ फागुन – प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलागेसम्म सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनस्र्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समिक्षा भएको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि  बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले राजनीतिक रुपमा विभाजित भएको नेकपा कानुनी रुपमा समेत फुटेपछि मात्रै भावी सरकारबारे निर्णय गर्ने निष्कर्ष निकालेको हो ।  जनताले प्रतिपक्षमा बस्न म्याण्डेट दिएको र अहिले नै भावी सरकारबारे निर्णय गर्नु अर्थहिन हुने नेताहरुले बताएका छन् ।

नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधबार देउवासँग भेटेका थिए । भेटमा प्रचण्ड-नेपालले सहकार्यका लागि प्रस्ताव गरेका थिए । जवाफमा सभापति देउवाले पार्टीमा छलफल गरी अघि बढ्ने बताएका थिए।  नेकपाको अर्को ओली पक्षले पनि कांग्रेसलाई सरकार सहकार्यका लागि निरन्तर प्रस्ताव गरिरहेको छ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार