विप्लव समूहसँग बार्तागर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ताटोली सार्वजनिक

काठमाडौँ, १९ फागुन – सरकारले विप्लव समूहसँग बार्ता गर्न गृह मन्त्री रामबहादुर थापा (वादल)को नेतृत्वमा दुई सदस्यीय वार्ताटोली गठन गरेको छ । वार्ता टोलीका अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहनुभएको छ ।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले सरकारसँग वार्ता गर्न केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सो पार्टीका महासचिव नेत्रबहादुर चन्द (विप्लव)ले एक विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्न अर्का नेता दीपकलाई जिम्मेवारी दिएको उल्लेख गरेका छन ।

सरकारले सो समूहसँग वार्ता गर्ने बताउँदै वार्ता टोली गठन गरेपछि सो समूहले पनि वार्तामा बस्ने निर्णय गरेको हो । विप्लव समूहले राजनीतिक वातावरण सहज बनाइदिन सरकारलाई आग्रह गरेको छ । सरकारले पनि वातावरण बनाएको भन्दै तत्कालै वार्तामा आउन सो समूहलाई आग्रहसमेत गरेको छ ।

सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । सरकार र विप्लव समूहबीच यही साता वार्ता हुने खानेपानी तथा सरसफाइ मन्त्री मणिकुमार थापाले जानकारी दिनुभयो । वार्ताका लागि सरकार र विप्लव समूहले वार्ता टोली बनाएकाले यही साताभित्र काठमाडौंमा नै वार्ता हुने उनले बताए ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले पक्राउ परेका २ हजार ६४ जनामध्ये १ हजार ९ सय ७४ जनालाई मुद्दा चलाइएको कुँवरले जानकारी दिनुभयो ।उहाँका अनुसार मुद्दा दर्ता भएका मध्ये १ हजार ८ सय ६ जना छुटेका छन् । ‘१ सय ३६ जना पर्पुक्षका लागि काराकार चलान भएका छन्’, प्रवक्ता कुँवरले भन्नुभयो– ‘पक्राउ परेका ३२ जनाको बारेमा अनुसन्धान भइरहेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार