एसईई परीक्षा जेठ १३ गतेदेखि, कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

काठमाडौं, २५ फाल्गुण – २०७७ सालको माध्यामिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गते सम्मदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले २०७८ जेठ १३ देखि २४ सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे । कोरोना भाइरसको कारण २ महिना ढिलो हुने भएको परीक्षा यसअघि चैतको पहिलो सातादेखि नै एसईइ परिक्षा शुरु हुने गरेको थियो ।

 

कक्षा १२ को परीक्षा भने जेठ २६ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुने बार्डले जनाएकाे छ । कोराेना महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार