रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् मुद्दा, क्षतिपूर्ति र कैद सजायको माग

काठमाडौँ, २५ फाल्गुन – राष्ट्रिय सभा सांसद कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दर्ता गरेकी हुन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५,३०६,३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दर्ता गराएकी हुन् ।

केही साता अघि एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका भन्दै आलोचना गरेका थिए ।

नेता पन्तले आफूमाथि अपमान गरेको भन्दै सांसद वली आक्रोसित भएकी थिइन् । वलीले अदातमा पेस गरेको मुद्दामा दावी पूरा भए २० हजार रुपैयाँ र दुई वर्ष कैद सजाय वा दुबै हुन सक्ने व्यवस्था रहेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार