http://jagdambacement.com/

संसदीय दलको नेता चयन गर्न जसपाको बैठक बस्दै

जसपाका नेताहरुले गरे प्रधानमन्त्रीसँग भेट

काठमाडौं, २८ फाल्गुन  – जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए । जसपाले आफ्नो पार्टीका सांसदलाई संसदीय दलको विधान अध्ययनका लागि दिइसकेको छ। आजको बैठकमा आफ्ना धारणा प्रस्तुत गरिने र विधान पारित गर्ने जसपाको तयारी छ। योसँगै संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुनेछ ।

जसपाका नेताहरुले गरे प्रधानमन्त्रीसँग भेट

जसपाले बिहीबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका पाँच शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका थिए। जसपाले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई लगायतका शर्त राख्दै आएको छ ।‘नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्रीसँगको भेटघाट सकारात्मक भएपछी कार्यदलस्तरमा छलफल भएकाे छ ।’ उनले अबको वार्ता कार्यदल स्तरमा हुने जानकारी दिए ।

भेटमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत सहभागी थिए।

बिहीबार दिउँसोको पदाधिकारी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय लिनुअघि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णय गरेको थियो। सचिवालय बैठक सकेपछि जसपाका नेताहरु आफ्ना मागबारे प्रधानमन्त्रीसँग छलफलका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका थिए ।

जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार