तीन वटा प्रदेशमा सिटी एक्सप्रेसको एजेन्ट मीट सम्पन्न

काठमाडाैं, १० चैत – सिटी एक्सप्रेस मनी ट्रान्सफरकाे तीन वटा प्रदेशमा एजेन्ट मीट सम्पन्न भएकाे छ । गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरी ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुसँग कम्पनीकाे एक/एक दिने एएमएल सिएफटि तालिम कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

विगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको प्रदेश ५,६ र ७ को एजेन्ट मीट सम्पन्न गरिएको कम्पनीले जानकारी दिएकाे छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार