काठमाडौं उपत्यकाका सिडिओहरुले भने- ‘मास्क अनिवार्य लगाउनू, घरमै होली मनाउनू’

काठमाडौं, ११ चैत्र — कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाले स्वास्थ्य सुरक्षा मापदण्डमा कडाई गर्ने निर्णय गरेका छन् ।

बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती सार्वजनिक गर्दै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

सार्वजनिक स्थानमा भिडभाड नगर्न र होली पर्वमा आफ्नै घरभित्रै सिमित रहेर खेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ ।

यता, भक्तपुरले कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गरेको छ।

यस्तै, ललितपुर प्रशासन कार्यालयले ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसायहरू सञ्चालन नगराउन निर्देशन दिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको रात्रीकालीन व्यवसायीहरू सञ्चालन नगराउन निर्देशन दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार