भक्तराज आचार्य राष्ट्रिय संगीत पुरस्कारबाट कुमार बस्नेत र प्रकाश गुरुङ्ग सम्मानित

काठमाडौं, १६ चैत  – २०७७ सालको भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मानबाट गायनतर्फ वरिष्ठ गायक कुमार बस्नेत र संगीततर्फ वरिष्ठ संगीतकार प्रकाश गुरुङ्ग सम्मानित भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा गत चैत्र १४ गते बस्नेत र गुरुङ्गलाई सम्मान स्वरुप जनही पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि वर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार