घाँस काट्न गएका ८ बालिका/किशोरी भारतमा फेला परे, गिरोहको फन्दामा परेको आशंका

जनकपुर, १९ चैत – महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका८ बालिका/किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले  नेपाल प्रहरीलाई जानकारी दिएपछी प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, ‘कसले लग्यो उनीहरूलाई ?’ किशोरीहरूले गायिका बन्न राजीखुसीले भारत पुगेको उत्तर दिए पनि घटनाको प्रकृति, उनीहरूको अवस्था र सीमा पार गरेको परिवेश हेर्दा प्रहरीको आशंका कुनै संगठित गिरोहमाथि छ, जसलाई पत्ता लगाउन महोत्तरी र धनुषासँग जोडिएको सीमा सिल गरिएको छ ।

बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको खवर पाएपछी नगर प्रमुख सन्जीवकुमार साह सहित प्रहरीको एक टोली ती किशोरी तथा बालिकाहरुको फोटोसहितसितामढी प्रस्थान गरेको हो ।

घाँस काट्न सँगै गएका भंगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया अस्मिता पासवान, १८ वर्षीया नगिना पासवान, १५ वर्षीया रिया पासवान, १५ वर्षीया अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीय रन्जना पासवान र १० वर्षीय सीमा पासवान बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको नगर प्रमुख साहले बताए । ‘बालिका बेपत्ता भएको खबर सशस्त्र प्रहरी समेतलाई दिएपछि उनीहरुले भारतीय प्रहरीसँग तत्कालै समन्वय गर्दा बालिका फेला परे,’ उनले भने, ‘सातै जनाको नाम पनि मिलिसकेको छ ।’ उनीहरु अहिले भारतीय प्रहरीको निगरानीमा रहेको उनले बताए ।

बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार