काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण, ज्वरो र रूघाखोकी लागेकालाई पिसिआर अनिवार्य

काठमाडौं, १९ चैत्र – फेरि कोरोना महामारीको जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने भएको छ । प्रवेश नाकाहरुमा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने बताएका हुन् । साथै, विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार