गैंडा गणनामा खटिएका माहुतेको पाटेबाघको आक्रमणबाट मृत्यु

बाँके, २३ चैत्र – बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ ।  घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरी गैंडा गणनामा खटिएका एकजना कर्मचारी हुन् । गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा चौधरीलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको सोही दिन राति शव फेला परेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार