आफूमाथि ‘बम प्रहार गर्ने’ लाई गृहमन्त्री बनाएर गल्ती गरेँ – प्रचण्ड

काठमाडौँ, २४ चैत्र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् ।

३२औँ जनआन्दोलन दिवसको सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मङ्गलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर, शायद मैले गल्ती गरेँ ।’

अहिले बादल गृहमन्त्री छन् । प्रचण्डले नाम नलिए पनि उनले बादलाई नै लक्षित गरेको अनुमान गरिएको छ । उनले पार्टीले अवसर पाउँदा सङ्गठनमा निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएर जीवनभर पार्टीका लागि संघर्ष गरेकालाई उपेक्षा गरेको भन्दै आत्मालोचना पनि गरे ।

प्रचण्डले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताए ।

उनले भने, ‘आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारीसाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।’
उनले आफूमाथि कुन दिन कहाँ बम प्रहार भएको थियो भन्ने केही बताएनन् ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार