चार सांसदलाई माओवादी केन्द्रको कारबाही, बादललाई किन गरेएन कारबाही ?

काठमाडौँ, २४ चैत्र  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कारबाही गरेको छ। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ। तर गृहमन्त्री रामबहादुर थापालाई भने कारवाही गरिएको छैन ।

राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारबाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएका छन्।

माओवादी केन्द्रको यही चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेस गर्ने निर्णयबमोजिम उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो।

सांसदहरू रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व उल्लङ्घन गरेको सङ्घीय संसद् सचिवालयमा माओवादी केन्द्रले गराएको जानकारी पत्रमा उल्लेख छ।

बादललाई गरेएन कारबाही

माओवादी केन्द्रले एमाले प्रवेश गरेका गृहमन्त्री एवं राष्ट्रियसभा रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरेको छैन । उनलाई पनि कारबाही गरिने नेताहरुले बताए ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले भने बादलले सार्वजनिक रुपमा माओवादी केन्द्र त्याग गरेको भनी घोषणा नगरेका कारण उनले दल त्याग गरेको भन्ने सूचना संसद सचिवालयमा नगएको बताए ।

उनका अनुसार राष्ट्रिय सभामा अर्का सदस्य चन्द्रबहादुर खड्काले पनि माओवादी केन्द्र त्याग गर्ने भनेका छन् । उनले भने, ‘के हो सोधेर उहाँको विषयमा सूचना दिनुपर्ने छ । बादल कमरेडलाई पनि सोधेर केही दिनमा सूचना जान सक्छ ।’

बादल वाग्मती प्रदेशबाट माओवादी केन्द्रको तर्फबाट  ०७४ सालमा र खड्का ९ माघ २०७६ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपाबाट निर्वाचित भएका हुन् ।

तर, खड्का साबिकको माओवादी केन्द्रको कोटामा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेले थप गरेको २३ जना केन्द्रीय सदस्यमा बादल र खड्का दुबै छन् ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार