अमेरिकाको भर्जिनियामा सवारी ठककरबाट एक नेपालीको निधन

अमेरिका-अमेरिकाको भर्जिनियाको फल्स चर्च सहरमा शुक्रबार कारको ठक्करबाट ३७ वर्षिय रमाकान्त भुषालको निधन भएको छ ।
राती कामबाट घर फर्केने क्रममा शुक्रबार सवारी ठक्करबाट निधन भएको हो । नेपालको नवलपरासीको परासी स्थायी घर भएका भुषाल नर्थ क्यारोलिनाबाट बसाई सरी भर्जिनियामा श्रीमति संग बस्दै आएका थिए ।

उनका एक छोरा र छोरी नेपालमा रहेको आफन्त प्रकाश न्यौपानलेले जानकारी दिए । राती अर्पाटमेन्ट कम्पलेक्सबाट डेढ माइल दुरीमा रहेको ग्यास स्टोरको काम सकेर पैदल घर फर्किदै गर्दा इन्टरसेक्सनमा बाटो काट्दा उनलाई सवारीले ठक्कर दिएको थियो । भुषाल एक वर्ष अघि मात्रै डिभी परेर अमेरिका आएको न्यौपानेले युएसनेपाल पोष्टलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार