सिटी एक्सप्रेस र Federal Exchange (UAE) बीच रेमिटान्स कारोबारकाे सुरुवात

काठमाडौंयुएईको ख्यातिप्राप्त Federal Exchange (UAE) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । युएइमा रहेका नेपालीहरुले Federal Exchange (UAE) को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको  जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसकोतर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Federal Exchange (UAE) का तर्फबाट महाप्रबन्धक Rajah R R Liyanage ले हस्ताक्षर  गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको कम्पनी हो ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार