नेपालमा एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

काठमाडौँ, २० बैशाख नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार ५५८ जनाको पीसीआर र ५१८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै थपिए ३६ सय ६६ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९ सय २२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जनामा गरी कुल ३ हजार ६६६ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३५ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कुन उमेरसमूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०-३९ वर्ष उमेर समूहका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १८ सय ७१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १५६             १०-१९ वर्ष – ४३९           २०-२९ वर्ष – १६८८           ३०-३९ वर्ष – १८७१          ४०-४९ वर्ष – १३६९
५०-५९ वर्ष – ९८८         ६०-६९ वर्ष – ५२२           ७०-७९ वर्ष – २२०             ८०-८९ वर्ष – ७९             ९०-१०० वर्ष- ९
अज्ञात – ४७

कहाँ कति थपिए ?

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा १२, ओखलढुंगामा २, खोटाङमा ६, झापामा ४८, ताप्लेजुङमा ४, तेह्रथुममा ५, धनकुटामा १०, पाँचथरमा ३, भोजपुरमा ४, मोरङमा ३६२, संखुवासभामा १३, सुनसरीमा ११२ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ९७, पर्सा ९७, बारामा १८, महोत्तरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा मात्र २९ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५ दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, भक्तपुरमा २२२, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १०, ललितपुरमा ५२२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३५५, गोरखामा ३१, तनहुँमा १८, नवलपरासी पूर्वमा २४, पर्वतमा १४, मुस्ताङमा २, म्याग्दीमा २४, लमजुङमा २०, बागलुङमा ९ र स्याङजामा ३१ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ११५, गुल्मीमा १९, दाङमा १०२, नवलपरासीमा ४२, पाल्पामा ९३, प्युठानमा ८, बर्दियामा ४४, बाँकेमा ४४०, रुकुम पूर्वमा २, रुपन्देहीमा ६१९ र रोल्पामा १० जनामा कोरोना पाइएको छ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १५, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा १२, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ६०, कैलालीमा १२७, डडेल्धुरामा २६, डोटीमा २, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा २८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ५० हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ । यसअघि हिजो आइतबारसम्म सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ थियो ।

२४ घण्टामा थप २ हजार २१ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार