पूर्वमन्त्री, कांग्रेस नेता शङ्कर भण्डारी अस्पताल भर्ना

काठमाडौँ, २१ बैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका  भण्डारीको  वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार