देउवालाई भेट्न बूढानीलकण्ठ पुगे जसपाका ठाकुर र महतो

काठमाडौँ, २६ बैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

आइतबार बिहान ठाकुर र महतो सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सोमबार सदनमा लिने विश्वासको मतको विषयमा छलफल केन्द्रित भएको छ । जसपामा ठाकुर र महतो पक्ष ओलीको विश्वास मतको पक्षमा रहेको छ । तर, यसअघि नै देउवासहित कांग्रेस नेताले विपक्षीको हैसियतले विश्वासको मत दिन नसक्ने स्पष्ट पारिसकेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रले पनि सरकारबाट समर्थन फिर्ता लिइ अब सर्मथन दिन नसक्ने बताइसकेको छ भने एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको निष्कर्ष निकाल्दै विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा गर्दा उपयुक्त हुने तयारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार