प्रधानमन्त्रीले जनताको जीवन दाउमा लगाएर व्यापारिक घरानालाई पोस्नुभयो – कांग्रेसका सभापति देउवा

काठमाडौँ, २७ वैशाख – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत आफूलाई रहेको प्रस्ताव प्रतिधिसभामा पेस गरेपछि बोल्दै देउवाले सरकारले नेपाली जनताको जीवन दाउमा लगाएर आफू निकटका व्यापारिक घरानालाई पोसेको बताएका हुन् । उनले यो भन्दा निर्लज्जता के हुनसक्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

‘दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो तामझामका साथ तयार नै नभएको धरहरा उद्घाटन गर्न जानुभयो । यो गैर जिम्मेवारीको नमुना हो ।’ उनले भने, ‘उहाँले व्यापारिक घरानालाई पोस्न नेपाली जनताको जीवन दाउमा लगाउनुभयो । यो भन्दा निर्लज्जता के हुनसक्छ ?’

यस्तै, देउवाले प्रधानमन्त्री ओलीलाई काम गर्न नसक्ने, तर अरुमाथि दोष थुपार्ने काम गर्न नहुने बताएका छन् । ‘ुआफू कार्यकारी भएर काम गर्न नसक्ने अरुमाथि दोष थुपार्ने ?’ उनले भनेका छन । उनले अहिले विश्वासको मत माग्नुपर्ने अवस्था प्रधानमन्त्री ओलीका कारण आएको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार