कोरोना संक्रमण रोकथामका लागि ७० जिल्लामा निषेधाज्ञा

काठमाडौँ, २८ बैशाख – कोरोना भाइरसको संक्रमण बढेपछि ७० जिल्लामा निषेधाज्ञा जारी भएको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७० जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६१ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब ७ जिल्ला मात्र खुला छन् ।

पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा रसुवा, पाँचथर र सोलुखुम्बु छन् । निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार