सलमान खानको राधे फिल्म क्लियर टिभीको मुभी अन डिमाण्डमा हेर्न सकिने

काठमाडौं – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी सुबिसु केबलनेट प्रा. लि.लेक्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमानखानअभिनित‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमालिइएको छ ।

लामो समयदेखि नयाँ चलचित्र हेर्न नपाएका दर्शकका लागि राधे’ ले पण मनोरञ्जन प्रदान गरेर कोभिडको महामारी केही समय रमाइलो अनुभूति गराउने छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केहीहद सम्मग्राहकहरुलाई मनोरञ्जन प्रदानगर्ने छ ।

मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम सेवा सम्बन्धी थप जानकारी लिन सकिने कम्पनीले जारीगरेकाे प्रेस विज्ञप्तिमा जनाएकाे छ ।

यो चलचित्र डिजिटल प्लेटफर्म र हल दुवैमा एकसाथ रिलिज हुँदै छ । राधे डिजिटल प्लेटफर्ममा रिलिज हुने सलमानको पहिलो चलचित्र बन्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार