कोभिड–१९ बाट बालबच्चाहरू धेरै प्रभावित नभए पनि यसले उनीहरूलाई छोडेको भने छैन । कोभिड–१९ ले अप्रत्यक्षरूपमा नै सही बालबच्चालाई जीवनभर प्रभावित भने बनाउने छ । यसमा अपर्याप्त खाना, मानसिक स्वास्थ्यमा समस्या, समाजिकरूपमा एक्लोपन, स्कूल र स्वास्थ्य सेवाबाट अलग जस्ता विषयले बच्चाहरूलाई अप्रत्यक्षरूपमा प्रभावित बनाएको छ ।
कोभिड–१९ ले बालबच्चाको खानपिनमा समस्या निम्त्याएको छ । पोषणयुक्त खानामा कमी र खानाको वितरण प्रणालीमा समस्या जस्ता विषय बालबच्चासँग जोडिएर आएका छन् । यसले उनीहरूमा कम पोषण र बढी पोषणको समस्या निम्त्याएको छ ।
कोभिड महामारीसँगै विश्वभरका १४० मिलियन बालबालिका, त्यसमा पनि विशेषगरी विकाशील देशका, गरिबीको रेखामुनी पुगेका छन् । सन् २०२० को महामारीसँग विश्वभर करिब १३२ मिलियन मानिस भोकमारीमा परेका छन् जसमध्ये ४४ मिलियन बालबालिका छन् । यसका अतिरिक्त करिब ३७० मिलियन बालबच्चा पोषणयुक्त खानाबाट बञ्चित हुनु परेको छ । यसको मुख्य कारण स्कुल बन्द हुनु हो ।
यसका अतिरिक्त बालबच्चामा मोटोपन पनि देखिएको छ । पर्याप्त शारीरिक कसरत नहुँदा र खानाको समय नमिल्दा बालबच्चामा मोटोपन देखिएको हो । एक अध्ययनमा जनाइएअनुसार कोभिड महामारीको दौरान बालबच्चामा मोटोपन देखिनुको प्रमुख कारण खानपिनमा आएको परिवर्तन हो । महामारीको दौरान बच्चाहरूले धेरै र अस्वस्थ्यकर खाना खाँदा यस्तो समस्या आएको देखिएको छ ।
बालबच्चालाई कस्तो खाना खुवाउने
सन्तुलित र स्वास्थ्य खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै गम्भीर प्रकारका रोग लाग्नबाट बचाउँछ । यो महामारीको अवस्थामा बालबच्चाले पोषणयुक्त खाने कुरा खाऊन् भन्ने विषयमा चनाखो हुनुपर्छ, ६ महीनाभन्दा कम उमेरका बच्चालाई पूर्णरूपमा आमाको दूध खुवाउनुपर्छ । छ महीनाभन्दा बढी उमेरका बच्चालाई ४ प्रकारका भन्दा बढी खाना खुवाउनुपर्छ ।
जसमा अन्न, दाल, फलफूल र सागसब्जी, दूग्ध पदार्थ आदि पर्दछन् ।
रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरस विरुद्ध लड्न सबैभन्दा ठूलो हतियार हो । रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त पोषणयुक्त खाना खाँदा त्यसले कोभिडबाट उत्पन्न हुन सक्ने दीर्घकालीन समस्याबाट बालबच्चालाई जोगाउन सकिन्छ ।
उदाहरणले के प्रष्ट गरेको छ भने भिटामिन, जिन, कपर र आइरनयुक्त खानाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्नुका साथै संक्रमण हुने सम्भावना पनि कम गर्छ । चिनी जस्ता गुलियो खाना, नुन र तौल बढाउने बोसोयुक्त खाना परेज लगाउनुपर्छ ।
शारीरिक क्रियाकलाप र पोषणयुक्त खानाले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । भिटामिन सी, डी र ई ले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै सक्रमणसँग लड्न सहयोग पुग्छ । भिटामिन सी र ई मा हुने एन्टिअक्सिडेन्टले संक्रमण फैलिनबाट जोगाउनुका साथै प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ ।
अमिलो फलफूल, पहेँलो फलफूल र सागसब्जी, अदुवा, लसुन, दही, बदाम, बेसार जस्ता खानेकुरा बालबच्चाको खानामा राख्दा त्यसले रोगसँग लड्न मद्दत पुग्छ । यस्तै प्रशस्त पानी र पर्याप्त निद्राले पनि रोगसँग लड्न सहयोग पुग्छ ।
टर्कीका एक विद्वानले भनेको जस्तै रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरस विरुद्ध लड्न सबैभन्दा ठूलो हतियार हो । रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त पोषणयुक्त खाना खाँदा त्यसले कोभिडबाट उत्पन्न हुन सक्ने दीर्घकालीन समस्याबाट बालबच्चालाई जोगाउन सकिन्छ ।