आजबिहान फेस बुक हेर्दै थिएँ, मेरो आँंखा झट्ट एकजना विशिष्ठ व्यक्तित्वको पोस्टमापुग्यो, लेख्नु भएको थियोः “पदको गरिमा बमोजिमको व्यवहार र उत्तरदायित्व वहन गर्न सक्ने पात्र नहुँंदा प्रणालीनै असफल भएको देखिन्छ ।
”उक्त स्टाटसको कमेन्टमा एकजना व्यक्तिकोे जवाफले झनै ध्यान खिच्यो, लेखिएको थियोः “पदको काम कर्तव्य र उत्तरदायित्वको सम्वन्धमा प्रशिक्षण, अभिमुखिकरण दिने प्रचलन पनि तल्ला पदहरुको लागि मात्र चलाईएको रहेछ त्यसैले होला सर” ।
विषय वस्तुको गम्भिरताले एकचोटि सम्बेदनशिल वनायो ।
के हाम्रा प्रणालीहरु साँच्चैनै एक व्यक्तिले धरासायी वनाउन सक्छ भने हामिले कस्तो प्रणली बनायौं त ? पद्दती र प्रणालीमा के नियन्त्रण र सन्तुलन बिनाका पनि प्रणाली हूुन्छन् र ? के शक्ति सँग सँगै उत्तरदायित्व आउँदैन र ?
यि दिमागी कृया र प्रतिकृया बीच हिजो राती बच्चाहरु सँगै हेरेको स्पाइडर म्यान चलचित्रको सम्वाद उब्जियो जसम शा अंकल बेन ले भनेकाथिए “ विथ पावर कम्स् उइथ ग्रेट रेस्पन्सिविलिटी”।
आज लकडाउनको ३५औँ दिन, बिहानको सयर (मर्निङ वाक) मा नगएको पनि धेरै दिन भएको थियो । कोभिड– १९ ले बीस दिन त ज्यानै धराशायी बनएकोले हिँड्डुलको कल्पना समेत गर्न सकिएन, नेगेटिव रिपोर्टको पनी आजपन्ध्र दिनकाटी सकेको र शरीर पूनःलयमा आउँदै गरेको अवस्थामा आज त हिड्नु पर्छकि भन्ने विचार मनम आउँदा नआउँदै नियमित म सँगै बिहानको सयरमा साथ दिँदै आएका मित्रलाई फोन गरेछु ।
आज हिड्ने हो बाहिर? भनेको मात्र के थिए मित्र कड्किए “जिम्मेवार नागरिक बनाै, सबै जना तपाईले जस्तै सोचे भने लकडाउनको के अर्थ र ? नहिँडौ घरमै वसौ, योग र शारीरिक अभ्यास गर्दा ठिक हुन्छ ।
तपाईँ हामी जस्ता जिम्मेवार नागरिकको उत्तरदायित्व पनि यस महामारी नियन्त्रणलाई सघाउने हो” । हवस् भन्नु वाहेक कुनै विकल्प रहेन । फोन बन्दगरी घरको छतमा बिहानको घामवाट भिटामिन डि को प्राप्त हुँन्छ भन्ने सुनेकोले छतमै हल्का व्यायामको निष्कर्षमा पुगेँ । छतमा उक्लेको मात्र के थिएँ,वरिपरीको दृष्यले चकित बनायो ।
एक घर पर समीना दिदिलाई उनकै श्रीमान् कुट्दै थिए, सायद उनले गत रात अलि बढि पिएको हुनुपर्छ । कहिलेकाहीँ यी दुईको झगडा टोलवासीका लागि सामान्यझै लाग्छ । नजिकैका एकजना छिमेकीपनी आपmनो छतमा आईपुगेर भने “के छ सर, सन्चै हुनुहुन्छ!”।“ठिक छ, तपाइ नि”जवाफ फर्काए । उनी गुनासो सुनाउने मुडमा रहेछन भन्नथाले, हेर्नु न सर, यि राम दाईले हैरानै पारे भनेको, घरै बेचेर हिँडुकी जस्तो भै सक्यो” ।
उनका फत् फत् सुनि राखेँ । उनीपनि रकमी नै मान्छे, चोर माथीका चण्डाल रामेदाई । प्रायःमानिसहरु आँफुसँग तागत् छ भने त्यसको दुरुपयोग गरी अरुमाथी प्रदर्शन गरेको देख्न सकिन्छ ।अन्यबाट हेपिएकै भएपनी आँफु भन्दा कमजोर माथी अन्याय गरेकै देख्न सकिन्छ, केहीगर्न नसकेकाले श्रीमती कुटेरै बडो पुरुषार्थीपन प्रदर्शन गरेको यहि छतबाटै बिहान बिहानै देख्न पाईयो ।
के शक्तिशालीले असक्तलाई , बलशालीले निर्बललाई, धनीले निर्धनलाई, तथाकथीत उच्चले तल्लोलाई ताकत र ल्याकत देखाउनै पर्ने हुन्छर ? मनमा प्रश्न उठ्यो के आँफुसँग भएको शक्तिको सबैले दुरुपयोग गरेकै हुन्छन् त ! होईन, कोही त अवस्यपनि छैनन् । नेलशन मण्डेलाको एक प्रसंग झल्याँस्स सम्झिएँ कहिँ कतै पढेको ।
प्रसंग के थियो भने उनी एक रेष्टुरेन्टमा एक गार्डसँग लन्चको लागि गएका थिए, खाना अडर भैसकेको थियो, गार्ड र उनी गफगर्दै थिए । यो घटना उनी राष्ट्रपतिमा चुनिई सकेपछिको हो । मण्डेलाको नजर एउटा कुनामा बसेको ब्यक्ति तर्फ गयो । उनले गार्डलाई उक्त मानिसलाई लन्चमा डाक्न पठाए। निम्तो पाएपछि उनी मण्डेलाको टेबलमा आए र बसे ।
केहि समयको प्रतीक्षा पछि खाना आयो र स्वाद मानेरै तिनै जनाले खाए। तर उक्त अबधिभर ती ब्यक्ति एक शब्द पनि वोलेनन्, खाना खाँदापनि हातहरु थरथरी कामेका थिए, खाना खाई सकेपछि मलीन मुहार सहित बिदा भए ।
गार्डले मण्डेलाको मुहार तर्फ अचम्म मानेर हेरे । टाउको हल्लाउँदै गार्ड लाई सोधे “चिन्छौ ती मान्छेलाई, उनी म जेलमा बस्दा उक्त जेलका जेलर थिए” । जेलरले मण्डेला जेलमा रहँदा निकै यातना दिएको रहेछ । तर आज नेलशन मण्डेला, राष्ट्रपतिको अगाडि बस्दा जेलरलाई लागेको थियो, उनले बदला लिने छन् तर मण्डेलाले केही गरेनन् ।
गार्डले सोधे किन उसलाई तेसै छोड्नुभो उल्टै राष्टपतिसँग लन्चखाने मौका दिएर? मण्डेलाले भने “आज म सँग पावर छ, मैले जे गर्न चाहेपनि गर्न सक्छु तर मैले उसले जस्तै गर्दिन किनक त्यो मेरो आचरण र व्यवहार अर्थात् चरित्र भित्र पर्दैन। म एक जिम्मेवार व्यक्ति हुँ र मैले नै यो राष्ट्रलाई अहिंसापूर्ण राष्ट्र बनाउने जिम्मा पाएको छु ।”
यो नै हो एक जिम्मेवार व्यक्तिले राष्ट्रको लागि साेच्ने र यस्ता व्यक्तिहरुलेनै विश्वलाई मार्गदर्शन गर्ने । त्यसैले भनिएको होला “महान शक्तिसँगसँगै जिम्मेवारी पनि अधिक बहन गर्नुपर्ने हुन्छ। ” त्यसैलेनै भनिएको छ : नमन्ति फलानि वृक्षा नमन्ति गुणिनो जनाः । शुष्क काष्ठ्श्र्च न नमन्ती कदाचन ।। छतवाट कोठासम्म आउँदा उकस मुकुस भयो र आजका विचारहरुलाई लेखेरै मेटाउन पर्यो भनि केहीबेर घोत्लिएँ र लेख्न बसेँ ।
शक्ति, ताकत र ल्याकत जिमेवारी बिहीनहुनुहुदैन । यदि हामीसँग केहीगर्न सक्ने क्षमता छ भने यसको प्रयोग सार्वजनिक हित तथा कल्याणकारी कार्यमा लगाउन सके प्रणलीमा केहि न केहि सुधार अवश्यपनि गर्न सकिन्छकी ।
कुनै खराब व्यवहारलाई, परीपाटीलाई, पद्धतीलाई, रितीलाई, थितीलाई रोक्न, बदल्न सक्ने शक्ति छ भने किन हामी अरुको मुख ताक्ने ? हाम्रा स–साना क्षमताले गर्नसकिने जिम्मेवारीपूर्ण व्यवहारले पनि समग्र प्रणलिमा विस्तारै तर निरन्तर रुपमा सकारात्मक परिवर्तन गर्न सकिँदैनर । धन्यवाद दिन चाहन्छु, फेसबुकका ती मित्र र त्यसमा प्रणालीगत चिन्ता र कमेन्टको योगदान कर्तालाई ।
प्रणाली सुधार गर्न, के सिनेमाको नायक, महानायक वा सुपरम्यानसँग जस्तो बिशिष्टकृत शक्ति हुनुपर्छ र? कोही सुपरम्यान आएर परीपाटीबनाई दिने पनि होइन, हामिहरु सबैको सकारात्मक प्रयासवाट जिमेवार नागरीकको कर्तव्य पालना गर्दै र हरेक नागरिकले आ–आफ्नो ठाउँबाट आँफुसँग रहेको शक्ति सही तरिकाले प्रयोग गरेपनि रिती थिति वा पद्दति बनाउन सकिँदैनर ।
हामि सँग जम्मा दुईवटा विकल्प रहेको जस्तो लाग्छः कि जस्तो छ त्यस्तै अवस्थालाई स्विकार्ने वा परिवर्तन गर्न सकिने चिजको उत्तरदायित्व लिने । अन्तमा, प्रकृति पनि आँफैभित्रको शक्तिको फरक फरक प्रयोग गर्दा सन्तुलित हुन्छ र सृष्टिदेखि नै शक्ति भनेको मागेर वा कोहिबाट प्रदत्तभएर आउने हो र यसको प्रयोग गर्न नजान्दा वा शक्ति सँगसँगै प्राप्तहुने अदृष्य जिम्मेवारी पूरा गर्न नसक्दा सर्वथा स्वनाशको दुखद बाटोमा पुग्नुपर्ने अवस्थामा पुग्न नपरोस ।
तसर्थ, अरुलाई दोषारोपण गर्नु अघि आफ्नो कर्तब्यबोध गरौँ, सुखीबनौँ । शान्ति तुल्यं तपो नास्ति तोषान्न परमं सुखम् नास्ति तृष्णापरो व्याधिर्न च धर्मो दयापरः
— सुन्दर पन्थी, रानीबन