कांग्रेस नेता डा.मुक्तिराम श्रेष्ठले पठाए अर्घाखाँचीलाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री

काठमाडौँ, २३ जेठ –  नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले  बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड —१९ ले गाँउ गाँउमा आगो जसरी फैलीयको बेलामा अर्घाखाँचीमा करिब २५ लाख बराबरको स्वास्थ्य सामाग्री पठाउनु भएकाे छ।


उहाँले “अर्घाखाँची बासिको सहयोगी हात नेपाल” द्वारा जिल्लामा रहेका सम्पुर्ण स्वास्थ्य चौकीका लागि उपलब्ध गराउने योजनाका साथ सामाग्री पठाएकाे बताउनु भएकाे छ।

”यो सामाग्री लिएर आफै जाने मन हुदाहुदै पनि कोभिडका बिरामीको उपचारमा रातदिन फिल्डमा खटिएकोले अहिलेकाे अवस्थामा जान सम्भाव नभएको  बताउनुभएकाे छ। साथै आफू अर्घाखाँची जनताको साथमा सधै रहेको बताउदै पिडामा परेका अर्घाखाँची बासिका लागि सहयोग उपलब्ध गराउन कुनै कसुर बाँकी नराख्ने समेत बताएका छन्।

सुरु देखि अर्घाखाँची बासिको सहयोगी हात नेपाल टिम निरन्तर जनताको सेवामा लडिरहेकोले आफू पनि यहि अभियान मार्फत सहयोग गर्न चाहेको उहाँले बतानुभयाे । उक्त स्वास्थ्य सामाग्री लिएर अर्घाखाँची बासिको सहयोगी हात नेपालको टिमले केही दिनमै अर्घाखाँची तर्फ लैाजाने अभियान्ता बिष्णु सुबेदिले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार