इफिसिएन्सी फिभर

उहाँलाई पद सम्हालेकै दिनदेखि विशेष चाहनाथियो इफिसिएन्सी बढाउने । हरेक मिटिंगमा उहाँले बोल्दाइफिसिएन्सीभन्ने शब्द पटक पटक दोहोरिन्थ्यो । ठुलो मान्छेले जोड दिइरहेको विषयमा सबै कर्मचारीहरुले विशेष चासो राख्नु बुझ्न खोज्नु र खोजीगर्नु स्वाभाविकै भयो । विस्तारै सबै विभाग र तहहरुमाकामगर्ने कर्मचारीहरुको वृत्तमाचर्चाको विषयबन्यो इफिसियन्सी बढाउने भन्ने कुरा ।

हरेकैजसो डेस्कटपमा इफिसिएन्सीको गुगल सर्च चल्न थाल्यो । इफिसिएन्सीको परिभाषा, इटिमोलोजी, यो शब्दको सबैभन्दापहिलो प्रयोग, यसको अवधारणाको विकास, महत्व आदिकाबारेमा धेरै कर्मचारीले खोजे पढे । बुझे ।

अलिचाख र जागर हुनेहरुले इफिसिएन्सी सम्बन्धी केही रिसर्च आर्टिकल, डिस्कसन पेपर र थेसिसहरुसमेत खाजेर हेरे । पढे ।आफ्नो क्षमता अनुसार बुझे अनि एक अर्कालाई बुझाए । टिफिन टाइम र अन्य सामान्य भेटहरुमा पनि कर्मचारीहरुबीच यही टपिकमा नै कुराकानी हुनथाल्यो ।

एक दुइजनाले इफिसिएन्सीकाबारेमा लेख पनि लेखेछन् दैनिक र साप्ताहिकमा । एकजना कविहृदयकी कर्मचारीले त एउटा कविता नै छपाइन् इफिसिएन्सी भन्ने शीर्षकमा। गजब ।सस्था भित्र इफिसिएन्सीको चिन्तन र छलफल बढेको देखेर उहाँखुसी र आशावादी पनि हुनुभयो ।

कमसेकम देशको राजनीतिक खिचातानी र शेयरबजारका गफभन्दा त स‌स्थाको इफिसिएन्सीको चिन्तन र छलफल हुनु वास्तवमै सकारात्मकथियो पनि । सँस्थाको वार्षिक कार्यक्रम र रणनीतिका पुस्तिकाहरुमा इफिसिएन्सीको उल्लेख बडो महत्वसाथ भयो । सँस्थाको स्लोगन माइफिसिएन्सी भन्ने शब्द आयो ।

रेडियो जिंगल र टेलिभिजन क्लिपमा समेत इफिसिएन्सीवाला सन्देश प्रसार भयो । तर विविध कारणले चालु आर्थिक वर्षमा व्यवसाय बढेन । नाफाभएन ।सोचेजस्तो कस्टमर बेस पनि बढेन । नया प्रडक्टहरुको पनि पर्फमेन्स देखिएन । कर्मचारीहरुको एब्सेन्टिज्म र टर्नओभर रेट घटेन । ग्राहकहरुको पलायनको क्रमपनि घटन सकेन ।

कारण केही सस्थाका थिए केही समग्र इन्डस्ट्रीका थिए र केही देशको समग्र आर्थिक परिदृश्यबाट सिर्जित थिए ।पर्फमेन्स रिभ्युको मिटिंग आयो । उच्चस्तरीय मिटिंग ।सँस्थाको लागत र प्रतिफलको छलफल भयो । नाफाप्रति शाखा, नाफा प्रति विभाग, नाफा प्रति कर्मचारी सारा छलफल भयो ।

अरु सँस्थाहरुको प्रकाशित प्रतिवेदनहरुको पनि समीक्षा भयो । सबै हेर्दा सँस्थाको इफिसिएन्सी कमजोरै देखियो । सारा वर्ष इफिसिएन्सीमाजोड दिइयो तर इफिसिएन्सी बढेन । गतवर्षको पोलिसी डकुमेन्ट पनि झिकाएर हेरियो ।

वास्तवमा इफिसिएन्सी बढाउने भन्ने विषय त्यति राम्रोसँग अझै आएकै रहेनछ त्यसमा । इफिसिएन्सीको अवधारणा नै क्यिएर नभएको देखियो । अब यसरी भएन ।
आफ्नो समयका कलेज टपर रहेका एक जना बौद्धिक, इमान्दार र अध्ययनशील भनेर चिनिने कर्मचारीबाट प्रस्तावआयो, सँस्थाको इफिसिएन्सी सम्बन्धमा एउटा वृहत् अन्तरक्रियानै गर्नुपर्यो ।

सबै शाखा र विभागलाई अनिवार्य उपस्थिति । एकएक वाट कन्सेप्ट पेपर तयार गरेर मात्र आउनुपर्ने । ग्रुप डिस्कसन र प्रिजेन्टेशन पनि गर्ने । आउने सालको योजनामा इफिसिएन्सीका बारेमा थप स्पष्टता साथ जोड दिएर उल्लेख गर्ने । यति नगरी इफिसिएन्सी कहा बढ्छ । प्रस्ताव पास भयो र आगामी हप्ता नै कार्यक्रम आयोजना गर्नका लागि होटल छनोट, बजेट प्रस्ताव र कार्यक्रम संयोजन गर्न सम्बन्धित विभागलाई जिम्मा दिइयो ।

  • शिखरनाथ खनाल, रुपागाउँपालिका १, कास्की ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार