सुबिसु र नोकियाको सहकायर्मा अप्टिकल नेटवर्क अत्याधुनिकरण

काठमाडौँ, ६ असार – सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिङ्गल अपटिकल फाइबर विस्तार गरेको छ । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्दै उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पुर्‍याउने जनाइएको छ ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबिपिएस् क्षमताको सिङ्गल अप्टिकल फाइबर सोलुसन उपलब्ध गराएको हो । जसले सुबिसुको बढ्दो ब्यान्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्ने जनाइएको छ ।

४०० जीबिपिएस सिङ्गल फाइबरयुक्त  नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ्ग फोटोनिक सर्भिस ईन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ दैशभर जडान गरिएको कम्पनीले  जनाएको छ । विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन भएको दाबी गरिएको छ ।

सुबिसुका सीईओ बिनय मोहन साउदले नोकियासँग निकै लामो समयदेखि काम गर्दै आएको र नोकियाको इन्डस्ट्री लिडिङ उत्पादन तथा सोलुसनहरूले सुबिसुको ग्राहकहरूलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको बताए ।

भारतका लागि नोकियाका इमर्जिङ्ग मार्केटका प्रमुख विनीश बावा भन्छन् “हाम्रो इन्डस्ट्री–प्रमाणित १५३० पीएसएस सोलुशनले सुबिसु जस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको छ । सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकरण गर्न यस महत्वपूर्ण परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा हामी खुशी छौँ ।”

नियोटेरिक नेपालका एम.डी संजय गोल्छाले नोकियाको पार्टनर भएको नाताले नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेशन प्रणाली बनाउने प्रकृयामा सहयोग गर्न सदैव प्रतिवद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार