आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसन बिच डिजिटल कारोबारमा सम्झौता

काठमाडौं – आई पे रेमिट प्रा.लि ले मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्राईरहेको छ ।

हालको परिस्थितीलाई मध्यनजर गर्दै अवको दिनहरुमा डिजिटल कारोवार नै वढि समय सापेक्ष हुनेभएकाले आई पे रेमिटले कारोवार लाई पनि डिजिटल माध्यमा चुस्त राख्नको लागि पेमेन्ट सोलुसनस‌ग सहकार्य गरेकाे छ ।

विभिन्न डिजिटल कारोवार गर्ने संस्थाहरु संग सहर्काय गरि अघि बढ्ने कम्पनिको प्रमुख उद्देश्यलाई मध्यनजर र्गदै आई पे रेमिट प्रा.लि र नेपाल पेमेन्ट सोलुसन बिच डिजिटल कारोबारमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा आई पे रेमिट प्रा.लि. का कार्यकारी निर्देशक श्री इन्द्र प्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । रियल टाईम एकाउन्ट डिपोजिट सुविधा साथै नेपालका विभिन्न वालेट मा रियल टाईम टप अप सुविधामा नेपाल पेमेन्ट सोलुसन सँग को सम्झौता पछि झन् प्रभावकारी र गुणस्तरिय हुने आई पे रेमिट प्रा.लि का बजार प्रमुख श्री रुपनारायण श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार