http://jagdambacement.com/

उद्योग, वन तथा बातावरण मन्त्री पान्डे लाई जन्म जिल्लामा भव्य स्वागत

बल्कोट पौवालाई २० लाख र स्वास्थ्य सामाग्री हस्तान्तरण

बिनिता पन्थी

असार ११, अर्घाखांची

लुम्बिनी प्रदेश सरकारका उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे मन्त्री भएपछि पहिलो पटक  आफ्नो जन्मघर अर्घाखाँची जिल्लामा भव्य स्वागत गरिएको छ । जन्मघर रहेको छत्रदेव गाउपालिका बल्कोट वडा नम्बर २ मा एक समाराेह बिच भव्य स्वागत गरिएको छ ।

  सकारात्मक बिकास प्रेमी नेताको रुपमा परिचित उनले अर्घाखांची लगायत ५ नम्बर प्रदेश बिकास पूवार्धारमा कुनै चिजमा कमी आउन नदिने आफुले लागेपुगे सम्म  तन मनले लागि पर्ने प्रतिबद्धता व्यत्त गरेकी छन् ।  उनले आफ्नाे सकारात्मक साेचका अघी बढ्नाे आफ्नाे  गाउ बिकासमा आफै लाग्न पनी अपिल गरेकी छन्  ।  छत्रदेव  गाउपालिका का  वडा नम्बर २ का अध्यक्ष राजेश कुमार पन्थी, वडा नम्बर ३ का अध्यक्ष तेजप्रसाद खनाल,वडा नम्बर ४ का अध्यक्ष   अशोक श्रेष्ठ नेपाली काग्रेस पूव सचिव बावुराम पाैडेल,  मित्रलाल पाण्डे , सचिव बिशाल वली लगायत स्थानियले स्वागत गरेका थिए ।

बल्काेट पाैवालाई २० लाख बिनियाेजित तथा स्वास्थ्य साम्राणी हस्तान्तरण

आफ्नाे जन्मघर रहेकाे लामो इतिहास बोकेको ऐतिहासिक पौवालाई मन्त्री पाण्डेले  २० लाख बिनियाेजित गरेकाे जानकारी गराईन् ।    उनले भनिन् यस पाैवा पर्यटनमुखी   बनाउने प्रतिबद्धता जाहेर गर्दै  अझै ठुलाे रकमकाे खाचो रहेको यसकाे लागि आफुले पहल गर्ने  बिश्वास दिलाइन् ।

वि.सं १९०४ सालमा निर्माण गर्न सुरु गरी १० वर्षको समय लगाएर पौवा तथा मन्दिर निर्माण गरिएको  थियो ।  पाैवा पर्यटकीय स्थलका रूपमा परिचित  संरक्षण अभावमा यहाँका भवन जीर्ण बनेका थिए । केही वर्ष पहिले पौवा संरक्षण गर्न भन्दै महायज्ञ लगाइए पनि कसैले चासो दिएका थिएनन् । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास  गर्ने योजनामा रहेका छत्रदेव गाउपालिका वडा नम्बर २ का अध्यक्ष  तथा पर्शुरामेश्वर मन्दिर (पौवा)संरक्षण संम्वर्धन समिति का अध्यक्ष  राजेशकुमार पन्थीको पहलमा काम अघि बढाई  पाैवा मठ मन्दिर  मर्मत सम्महार  रंगरोगनपछि पौवा टाढैबाट पनि चिटिक्क  पाइएकाे छ ।हाल पौवा को प्राडंगण मा वाग्लुडं को गल्कोट बाट ढुंगा ल्याएर बिछाईएको छः लगभग अन्तिम चरण मा पुगेको छ पन्थीले बताए । 

 

यस क्षेत्रकै  स्वास्थ्य नमुनाकाे केन्द्र बन्न पुगेकाे बल्काेट स्वास्थ्य प्राथमिक केन्द्रलाई मन्त्री पाण्डे द्धारा स्वास्थ्य साम्रणी हस्तान्तरण  गरेकि छन्। स्वास्थ्य केन्द्रका ब्यवस्थापन अध्यक्ष तथा वडा २ अध्यक्ष राजेश कुमार पन्थी,तथा पदाधिकारी साथै कर्मचारी र स्थानियको बाक्लाे उपस्थितमा मन्त्री पाण्डेले ६ थान अक्सिजन, पिपिइ, गलफस् सेनिटाईजर सर्जिकल माक्स हस्तारण गरेकि छन् । साे कार्यक्रमा बाेल्दै उनले भनिन् जिर्ण भवनलाई समेत सहयाेग गर्ने आवाशन दिइन् भने वडा अध्यक्ष राजेश कुमार पन्थीले धन्यवाद ज्ञापन गर्दै यस क्षेत्रका समग्र पक्षकाे जानकारी गराएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार